संस्थापक शेयर बिक्री गर्दै  कुमारी बैंंक

Advertisement

काठमाडौं । कुमारी बैंंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १६ हजार ८३० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

Advertisement

हाल यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । 

इच्छुक शेयरधनीले ३५ दिनभित्र काठमाडौंको टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरे उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने पनि बैंकले जनाएको छ ।

Advertisement

Advertisement