भाजपा गठवन्धनलाई बहुमत, तेस्रो पटक प्रधानमन्त्री बन्दै मोदी

Advertisement

काठमाडौं । भारतमा १८औं लोकसभा चुनावको परिणामले नरेन्द्र मोदीकाे नेतृत्वमा सरकार बन्ने स्पष्ट संकेत गरेको छ । कुल ५४२ सिटमध्ये भाजपा नेतृत्वको एनडीएले २९२ सिट र कांग्रेस नेतृत्वको आईएनडीआईएले २३३ सिट प्राप्त गरेको छ । जसमा भाजपाले मात्रै २४० सिट जितेको छ । अर्थात् यो बहुमत अंक (२७२) भन्दा ३२ सिट कम हो ।  

बीजेपीले सन् २०१४ मा २७८ सिट र २०१९ मा ३०३ सिट जितेको थियो । 

Advertisement

यसैबीच सरकार गठनको तयारी सुरु भएको छ । एनडीएले आज सरकार गठनको दाबी पेश गर्न सक्नेछ । उसले आजै आफ्ना कार्यकर्ताको बैठक बोलाएको छ । 

यता प्रधानमन्त्री नरेन्द्र मोदीले बिहारका मुख्यमन्त्री नितिश कुमार र टीडीपी नेता चन्द्रबाबु नायडूलाई भेटवार्ताका लागि बोलाएका छन् ।

अर्कोतर्फ राष्ट्रपति भवनमा सपथग्रहणको तयारी सुरु भएको छ । आज साँझ दिल्लीमा आईएनडीआईए गठबन्धनको बैठक पनि बोलाइएको छ ।

पत्रकार सम्मेलनमा राहुल गान्धीले यस बैठकमा थप रणनीतिबारे छलफल हुने बताएका छन् ।

निर्वाचन आयोगको वेबसाइटका अनुसार बिहान २ बजेसम्म भाजपाले २४०, कांग्रेसले ९९, एसपी ३७, टीएमसी २९, डीएमके २२, टीडीपी १६, जेडीयू १२, शिव सेना यूटीबी ९, एनसीपी शरद पवार ७, आरजेडी लोक जनशक्ति पार्टीले ७ मत प्राप्त गरेका छन् । ४ सिट, रामविलासले ५ सिट र शिवसेना शिन्देले ७ सिट जितेका छन् । 

भाजपाले मध्य प्रदेश, दिल्ली, हिमाचल प्रदेश, उत्तराखण्ड, अरुणाचल प्रदेश, त्रिपुरामा क्लिन स्वीप गरेको छ । 
 

Advertisement

Advertisement