काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा भारतले सहज निकालेको छ । अमेरिकामा भएको खेलमा भारतले आयरल्यान्डमाथि ८ विकेटको जित निकालेको हो ।
आयरल्यान्डले दिएको ९७ रनको सहज लक्ष्य भारतले १२.२ ओभरमा २ विकेट गुमाउँदै भेटायो । भारतका लागि कप्तान रोहित शर्माले ३७ बलमा ४ चौका र ३ छक्का सहित ५२ रन प्रहार गरे । ऋषभ पन्त २६ बलमा २६ रन बनाएर अविजित रहे ।
आयरल्यान्डका लागि मार्क एडेयर र बेन व्हाइटले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले १६ ओभरमा समेटिनु अघि ९५ रन बनायो । आयरल्यान्डका लागि ग्यारेथ डिलेनीले सर्वाधिक २६ रन बनाए भने जोशुवा लिटलले १४ रन जोडे । कर्टिस क्याम्फरले १२ रन बनाए ।
भारतका लागि हार्दिक पन्ड्याले ३ विकेट लिए भने जस्पृत बुम्राह र अर्शदिप सिंहले २-२ विकेट लिए । अक्सर पटेल र मोहम्मद सिराजले १–१ विकेट लिए ।
भारत र आयरल्यान्ड रहेको समूह ‘ए’ मा अमेरिका, क्यानडा र पाकिस्तान रहेका छन् । अमेरिकाले उद्घाटन खेलमा क्यानडालाई हराउँदै २ अंक जोडिसकेको छ । पाकिस्तानले भने एक खेल पनि खेलेको छैन ।
आज राति सवा नौ बजे पाकिस्तान र अमेरिकाबीच खेल हुनेछ ।