सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चार हजार ४४०.६७ कित्ता शेयर संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

बैंकले संस्थापक शेयरधनीको नाममा रहेको सो शेयर बिक्रीमा ल्याएको हो ।

Advertisement

यस शेयरमा हाल बैंकका कायम संस्थापक शेयरधनीले खरिद आवेदन दिन सक्नेछन् ।  

खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजातसहित नारायणहिटीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा सो शेयर सर्वसाधारणलाई बिक्रीका लागि प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

Advertisement

Advertisement