काठमाडौं । काठमाडौं महानगरपालिकाले महागनरभित्र १० प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने विद्यालयको सूची सार्वजनिक गरेको छ । महानगरले संस्थागत विद्यालयमा कक्षा १० सम्म कम्तीमा १० प्रतिशत छात्रवृत्ति वितरण गर्ने ४७३ विद्यालयको सूची सार्वजनिक गरेको हो ।
अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन तथा काठमाडौं महानगरपालिका शिक्षा ऐन, महानगरपालिका शिक्षा व्यवस्था नियमावलीअनुसार महानगरभित्र सञ्चालित सबै संस्थागत विद्यालयले कम्तीमा १० प्रतिशतसम्म छात्रवृत्ति रीतपूर्वक वितरण गर्नुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था कार्यान्वयन गराउन पटकपटक अनुरोध गर्दा हिजो (जेठ २३) सम्म ४७३ विद्यालयले मात्रै विवरण उपलब्ध गराएको महानगरले जनाएको छ ।
साथै, छात्रवृत्ति विवरण पेस हुन बाँकी विद्यालयलाई तीन दिनभित्र विवरण उपलब्ध गराउन महानगरले निर्देशन दिएको छ ।
रीतपूर्वक छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयलाई प्रचलित कानुनबमोजिम हदैसम्मको कारबाही गरिने पनि महानगरले चेतावनी दिएको छ । साथै, यसबाट कुनै जोखिम या असर परे त्यसको जवाफदेहिता विद्यालय स्वयंले व्यहोर्नुपर्ने पनि महानगरले स्मरण गराएको छ ।
यी हुन् छात्रवृत्ति उपलब्ध गराउने ४७३ संस्थागत विद्यालय