पूर्वसभामुख सापकोटाविरुद्धको रिटमा असार १२ गते फैसला

Advertisement

काठमाडौं । सर्वोच्च अदालतले पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध द्वन्द्वकालमा भएको व्यक्ति हत्या आरोपको जाहेरी दर्ता हुने वा नहुने विषयको विवादमा असार १२ गते फैसला सुनाउने भएको छ ।

काभ्रेका अर्जुन लामाको हत्या प्रकरणमा जाहेरी दर्ताको माग गर्दै २०६९ मङ्सिर ७ गतेदेखि विचाराधीन विवादमा संवैधानिक इजलासले निर्णय सुनाउने मिति तोकेको हो । 

Advertisement

प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको संवैधानिक इजलासले बहस सकेर निर्णय सुनाउने मिति तोकेको सर्वोच्च अदालतका सहायक प्रवक्ता गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । 

शान्ति प्रक्रिया प्रारम्भ भइसकेको भन्दै जिल्ला प्रहरी कार्यालयले सापकोटाविरुद्धको जाहेरी दर्ता इन्कार गरेको थियो । सोपछि लामा पत्नी पूर्णिमायाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

२०६२ वैशाख १६ मा अपहरणमा परेका लामाको अपहरणपछि हत्या भएको थियो ।  

विवाद अदालतमा विचाराधीन रहेकै बेला सापकोटा मन्त्री नियुक्त भएपछि उनीरुद्ध पुनः अर्को रिट दर्ता भएको थियो । तर सर्वोच्चले नियुक्ति बदरको माग अस्वीकार गरेको थियो ।

मुद्दा विचाराधीन रहेकै अवस्थामा उनी सभामुखसमेत बनेका थिए । 

Advertisement

Advertisement