सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै १ लाख ४४ हजार

Advertisement

काठमाडौं । बिहिबार सुनचाँदी मूल्य बढेको छ । सुन प्रतितोला १८ सय र चाँदी प्रतितोला २५ रुपियाँ बढेको हो । आज सुनको मूल्य बढेसँगै हालसम्मकै उच्च रेकर्ड कायम भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४४ हजार र तेजावी सुन प्रतितोला १ लाख ४३ हजार २ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै आज चाँदी प्रतिचाँदी तोला १ हजार ८ सय ५० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement