आयातकर्ताहरुको स्वार्थमा नेपालकै एकमात्र बिटुमिन उद्योग बन्द गराउने खेलमा अर्थमन्त्री पुन

Advertisement

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले आयातकर्ताहरुको स्वार्थमा नेपालको एक मात्रै बिजुमिन (अलकत्रा) उद्योग बन्द गराउन लागिपरेका छन् । उनले आउँदो आर्थिक बर्षका लागि हालै जारी गरेको बजेटमा बिजुमिन उद्योगको कच्चा पदार्थ आयातमा १५ प्रतिशत भन्सार महशुल लगाएका छन् । 

अहिले नेपालमा ५० वटाभन्दा बढी यस्ता बिटुमिन आयात गर्ने व्यापारीहरु सक्रिय छन् । उनीहरु अत्यन्तै न्यून गुणस्तरको बिटुमिन ल्याएर नेपालमा बिक्री गर्दै आएका छन् । तर नेपालको बिटुमिन एण्ड व्यारेल उद्योगले उच्च गुणस्तरको बिटुमिन उत्पादन गर्दै बिक्री गर्दै आएको छ । 

Advertisement

उक्त उद्योगको उत्पादन नेपालको कुल बिटुमिन बजारमा सानो हिस्सा भए पनि आफूहरुले आयात गर्ने बिटुमिन सो सोस्तरको नहुँदा जुनसुकै दिन प्रश्न उठ्नसक्ने देखेपछि आयातकर्ताहरुले संगठितरुपमा नेपालको एक मात्रै उद्योग बन्द गराउन लागिपरेको स्रोतको दावी छ । 

व्यापारीहरुको स्वार्थमा बिटुमिन उद्योगका लागि चाहिने कच्चा पदार्थको आयातमा लाग्दै आएको भन्सार महशुलमा दिइएको ५० प्रतिशत छुट अहिलेको बजेटमार्फत हटाइएपछि नेपाल बिटुमिन एण्ड व्यारेलले अर्थमन्त्री पुनलाई पत्र लेख्दै सो उद्योग बन्द गर्न पहल गरिदिन आग्रह गरेको छ । नेपाल बिटुमिन बहुदल आएपछि सरकारले निजीकरण गरेको उद्योग हो । तत्कालिन समयमा निजीकरण गरिएका अरु सबै उद्योग बन्द हुँदा पनि पञ्चकन्या समूहले लगानी गरेर चलाएको यो उद्योग हालसम्म सञ्चालन हुँदै आएको थियो । 

तर यो उद्योग पनि बन्द गराउने व्यापारीहरुको स्वार्थमा अर्थमन्त्री पुन परेका छन् । उद्योग स्रोत भनाई छ, ‘बल्क बिटुमिन आयातमा १५ प्रतिशत भन्सार महशुल लगाउने कुरा हटेर साढे सात प्रतिशत मात्रै थियो । अहिले फेरि बढाइदियो । यो उद्योगले त देशका लागि राम्रै गरेको थियो । सडक विभागलाायत सडक निर्माणमा संलग्न निकायहरुलाई गुणस्तरीय बिटुमिन उपलब्ध गराउँदै आएको थियो । पछि बुझ्दै जाँदा खेल अर्कै रहेछ ।’ 

उनले थोरै नाफामा देशको एक मात्रै बिटुमिन उद्योग चलाउँदै आएकोमा फेरि भन्सार बढाएकाले यो उद्योग चल्ननसक्ने अवस्था सिर्जना भएको भन्दै सोही कारण अर्थ मन्त्रालयलाई नै उद्योग बन्द गर्ने बाटो खोलिदिन आफूहरुले आग्रह गरेको बताए । 

निर्माण उद्योगका लागि नभई नहुने आधारभूत र वातावरणमैत्री वस्तु उत्पादन गर्दै आएको उद्योगको कच्चा पदार्थ आयात र तयारी वस्तु आयातमा एउटै भन्सार दर कायम गर्ने कुराले स्वदेशी उद्योगहरु धरासायी बनाउने र आयातलाई प्रोत्साहन गर्ने सरकारको नीति देखिन्छ भन्दै नेपाल बिटुमिनले यस स्थितिमा कमसल बिटुमिन ल्याएर बिक्री गर्नेहरुसँग मूल्यमा प्रतिस्पर्धा गर्ननसक्ने अवस्था बनेको बताएको छ । 

हाल नेपालमा बार्षिक एक लाख टन बिटुमिन खपत हुँदै आएकोमा नेपाल बिटुमिनले भारतीय आयल कर्पोरेसनबाट कच्चा पदार्थ आयात गरी नेपालमा बिटुमिन र बिटुमिनजन्य पदार्थहरु उत्पादन गर्दै आएको थियो । आयातकर्ताहरुले भने इरान, मध्यपूर्वलगायतका मुलुकबाट भारत हुँदै बिटुमिन र बिटुमिनजन्य पदार्थ आयात गरेर बिक्री गर्दै आएका छन्, जसको गुणस्तर न्यून रहेको तथ्य पहिलेदेखि आउने गरेको छ । यसरी आयात गर्ने आयातकर्ताको संख्या ५० भन्दा बढी रहेको छ । 

उद्योग स्रोतको भनाई छ, ‘हाम्रो उत्पादनको गुणस्तर नम्बर वान छ । यसमा कुनै पनि समस्या छैन् । त्यसमाथि स्वदेशी उद्योगलाई राज्यले प्रोत्साहन गर्नुपर्ने हो । बिटुमिनजन्य कच्चा पदार्थको आयातमा लाग्ने भन्सार महशुलमा दिँदै आएको ५० प्रतिशत छुट कायम राख्दा राज्यलाई कति घाटा भएको थियो ? १५ प्रतिशत नै भन्सार लगाउँदा कति नाफा हुने हो ? हिसाब गरौैं न । 

undefined

Advertisement

Advertisement