अठार वर्षीय निमा रिन्जी शेर्पाले गरे कञ्चनजङ्घा हिमालको सफल आरोहण

Advertisement

काठमाडौं । १८ वर्षीय निमा रिन्जी शेर्पाले कञ्चनजङ्घा हिमालको सफल आरोहण गरेका छन् । उनले शनिबार कञ्चनजङ्घा हिमालको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स कम्पनीले जानकारी दिएको छ । 

७ जना नेपालीसहित दुई जना विदेशी गरी ९ जनाले विदेशीले कञ्चनजङ्घा हिमालको आरोहण गरेका हुन् । कञ्चनजङ्घा हिमाल आरोहण गर्नेहरु निमा रिन्जी शेर्पा, पासाङ नुर्बु शेर्पा, फुरबु कुसाङ शेर्पा, फुरा छिरिङ शेर्पा, डेंडी शेर्पा, आङ तेन्जी शेर्पा, सोना शेर्पा, एलिना पेकोभा (रूस) र अन्जा ब्लाचाले (जर्मनी) ले उक्त हिमाल सफल आरोहण गरेका हुन् ।  

Advertisement

शेर्पाले गएको अप्रिल १२ तारिखका दिन बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण गरेको थिए । उनले कञ्चनजङ्घा हिमालको सफल आरोहणसँगै विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु मध्ये १३ वटा हिमालहरुको सफलतापूर्वक आरोहण गर्न सफल भएका छन् । अब शिशपाङ्मा हिमाल एउटा मात्र आरोहण गर्न बाँकी छ । 

यसअघि १७ वर्षको उमेरमा निमा रिन्जी शेर्पाले केटु हिमालको सफल आरोहण गरी विश्वमै केटु आरोहण गर्ने सबैभन्दा कान्छो आरोही बनेका उनले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु आरोहण गर्ने योजनामा छन् । 

विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गरी शेर्पा विश्वमै सबैभन्दा कान्छो आरोही बन्ने होडमा छन् । निमा रिन्जी सेभेन समिट ट्रेक्स कम्पनीका प्रबन्ध निर्देशक टासी लाक्पा शेर्पाका छोरा हुन् । 
 

Advertisement

Advertisement