कुमारी बैंकको ४५.५७ लाख कित्ता शेयर लिलामीमा

Advertisement

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ४५ लाख ५७ हजार ९१२ कित्ता शेयर आजदेखि लिलामीमा ल्याएको हो ।

न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपियाँ तोकिएको यो शेयर जोकोहीले खरिद गर्न पाउनेछन् ।

Advertisement

खरिदका लागि न्यूनतम एक लाख कित्ता र अधिकतम सबै कित्ताका लागि बोलपत्र आवेदन पेस गर्न सकिनेछ । 

इच्छुक लगानीकर्ताले काठमाडौं नक्सालस्थित कुमारी क्यापिटल लिमिटेडमा आवेदन दिनु पर्नेछ । 

आवेदन असार ३ गतेसम्म दिन सकिने बैंकले जनाएको छ । 

Advertisement

Advertisement