काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर लिलामीमा राखेको छ ।
बैंकले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको १४ लाख ६१ हजार ६०० कित्ता शेयर लिलामीमा राखेको हो ।
उक्त लिलामी शेयरमा विद्यमान संस्थापक, सर्वसाधारण वा कम्पनीले खरिद आवेदन दिन पाउनेछन् । न्यूनतम प्रतिकित्ता १०० रुपियाँ तोकेएको यस शेयर खरिदका लागि कम्तीमा न्यूनतम मूल्य र सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ ।
आवेदन न्यूनतम १० हजार कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
इच्छुक लगानीकर्ताले आज (जेठ २८ गते) देखि असार २ गतेसम्म काठमाडौं कमलादीस्थित बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडमा बोलपत्र फाराम बुझाउनुपर्नेछ ।
बोलपत्र फारम सोही स्थानमा पाइने बैंकले जनाएको छ ।