कहिले सकिँदैछ मनकामना स्मार्ट लघुवित्तको  १० लाख कित्ताको ‘लक इन’ ?

Advertisement

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको ‘लक इन’ अवधि सकिँदैछ । 

संस्थाको १० लाखभन्दा बढी कित्ता शेयरको ‘लक इन’ अवधि असार २७ गते सकिन लागेको हो । 

Advertisement

संस्थाले २०७८ असार १७ गतेदेखि २१ गतेसम्म आईपीओ बिक्री खुला गरी असार २८ गते बाँडफाँट गरेको थियो । 

धितोपत्र बोर्डले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरी बाँडफाँड गरेको मितिले तीन वर्षसम्म संस्थापक शेयरधनी तथा कर्मचारीले धारण गरेको शेयर लक इनमा राख्नुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार हाल कम्पनीको १० लाख आठ हजार ३५.४३ कित्ता संस्थापक शेयर र सात हजार ४२४.५३ कित्ता  कर्मचारीहरूको शेयर (बोनस शेयरसमेत) ‘लक इन’ मा रहेको छ ।

सोही शेयरको लक इन अवधि असार २७ मा सकिन लागेको हो । 

साथै, कम्पनीको सञ्चालक समितिका पदाधिकारीहरू तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीले भने शेयर खरिद बिक्री गर्न पाउनेछैनन् । 

Advertisement

Advertisement