क्रिकेटका लागि वाईवाईको रु. ६० लाख सहयोग, वाईवाईको क्रिकेट विशेष प्याकेट सार्वजनिक

Advertisement

काठमाडौं । चौधरी समूहको सीजी फुड्स नेपाल लिमिटेड (वाईवाई)ले अण्डर–१९ महिला टिम तथा समग्र नेपाली क्रिकेट विकासका लागि भन्दै नेपाल क्रिकेट संघ (क्यान) लाई ६० लाख रुपियाँको सहयोग गर्ने भएको छ । 

सोमवार ललितपुरमा पत्रकार सम्मेलन गरी यससम्वन्धी सम्झौता गरिएको हो । सम्झौतापत्रमा क्यानका सचिव पारस खड्का र कम्पनीका तर्फबाट सीजी फुड्सका सीईओ प्रदीप पुडासैनीले हस्ताक्षर गरे । 

Advertisement

नेपालले २०२७ को आईसीसी यु १९ विश्वकप क्रिकेट बंगलादेशसँग मिलेर आयोजना गर्दैछ । सोही विश्वकपलाई मध्यनजर गरी सीजी फुड्सले नेपाली क्रिकेटको उत्थानका लागि सहयोग गर्न लागेको जनाएको हो । 

पुरुष अण्डर–१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाईवाईले महिला अण्डर–१९ क्रिकेट टिमलाई ३० लाख र बाँकी समग्र क्रिकेटको विकासको लागि ३० लाख गरी ६० लाख सहयोग गर्ने घोषणा गरेको हो । 

पत्रकार सम्मेलनका चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले वाईवाईको गुणस्तरलाई लिएर गलत गरिएको भन्दै तत्कालिन समयमा गरिएको गुणस्तर जाँचको प्रयोगशालामा नै प्रश्न उठाए । उनले वाईवाईको गुणस्तरमा कुनै समस्या नरहेको र विश्वका ४० भन्दा धेरै देशमा बिक्री हुँदै आएको बताए । 

सीजी फुड्सले वाईवाई चाउचाउले नेपाल दोस्रो पटक आईसीसी पुरुष टि–२० विश्वकपमा सहभागी हुन सफल भएको ऐतिहासिक क्षणलाई अविष्मरणीय बनाउन र नेपाली क्रिकेट टिमलाई प्रोत्साहन र समर्थन गर्न भन्दै ‘वाईवाई क्रिकेट स्पेसल एडिसन प्याकेज’ पनि ल्याएको छ । सोही कार्यक्रममा उक्त प्याकेज सार्वजनिक गरियो । 

Advertisement

Advertisement