छिमेक लघुवित्तको ४७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

Advertisement

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

संस्थाले शेयरधनी आभा खत्रीको नाममा रहेको ४७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । 

Advertisement

यस शेयरका लागि हाल संस्थाका कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् ।

इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र आफूले खरिद गर्ने शेयर कित्ताको व्यहोरा खुलाई संस्थाको केन्द्रीय कार्यालय मध्यबानेश्वर, काठमाडौंमा निवेदन दिनुपर्नेछ । 

शेयरको न्यूनतम प्रतिकित्ता मूल्य ५०० रुपियाँ तोकिएको छ । 

साथै, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन परेमा सो शेयर प्रचलित नियमानुसार अन्य व्यक्तिलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बताइएको छ । 
 

Advertisement

Advertisement