काठमाडौं । बेस्ट फाइनान्सले अवितरित संस्थापक हकप्रद शेयर लिलामीमा ल्याउने भएको छ ।
कम्पनीले असार ४ गतेदेखि तीन लाख ५६ हजार ७४.५७ कित्ता संस्थापक हकप्रद लिलामीमा ल्याउने भएको छ ।
प्रतिकित्ता न्यूनतम १०० रूपियाँ ताेकिएको यस शेयरमा जोकोही व्यक्ति, कम्पनी वा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम मूल्य वा साेभन्दा बढी मूल्य बोलकबाेल गरी बोलपत्र पेस गर्नुपर्नेछ ।
न्यूनत एक हजार कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
इच्छुक लगानीकर्ताले असार ११ गतेसम्म आफूले खरिद गर्ने कित्ता विवरण र के कति दररेटमा लिन कबुल गर्ने हो खुलाई गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।
बोलपत्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौं तथा शाखा कार्यालय मिलनचोक र अमरपथ बुटवल, नेपालगन्ज बाँके, घोराही दाङ, नारायणगढ चितवन, वीरगन्ज र पोखरा न्युरोडमा बोलपत्र बुझाउन सकिनेछ ।
ग्लोबल आइएमइ बैंकका उपत्यकाभित्रका सबै शाखा र उपत्यकाबाहिर वीरेन्द्रनगर सुर्खेत रर धनगढी कैलालीमा पनि बोलपत्र बुझाउन सकिनेछ ।
बोलपत्र फारम माथि उल्लिखित स्थानमा पाइने कम्पनीले जनाएको छ ।