काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ‘लक इन’ अवधि असार १० गते सकिने भएको छ ।
कम्पनीले सामूहिक लगानी कोषहरूलाई छुट्टाएको १५ लाख शेयरको ‘लक इन’ अवधि सकिन लागेको हो ।
कम्पनीले गत पुस ११ गते साधारण शेयर बाँडफाँट गरेको थियो । कम्पनीले जारी पुँजी १ अर्ब रुपियाँबराबरको ३० प्रतिशतले हुन आउने तीन करोड कित्ता साधारण शेयर निष्कासन गरेको थियो ।
उक्त बाँडफाँट गरिएकोमध्ये सामूहिक लगानी कोषलाई छुट्टाइएको ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता शेयरको लकइन अवधि समाप्त हुन लागेको हो ।