नेपाल र श्रीलंकाको खेलअघि डिशहोम फाइबरनेटको २४–घण्टे अफर

Advertisement

काठमाडौं । जारी आईसीसी पुरुष टि ट्वान्टी विश्वकपमा नेपालले ग्रुप स्टेजअन्तर्गत भोली (बुधबार) बिहान ५ः१५ बजे श्रीलंकासँग आफ्नो दोस्रो खेल खेल्दै छ ।

यी दुई टिमबीचको खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त ६–महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको छ ।

Advertisement

डिशहोमले आज दिउसो १ बजे ‘आयो गोर्खाली मैदानमा’ शीर्षकमा २४ महिनाको रिचार्ज गर्दा अर्को ६–महिनाको सब्सक्रिप्सन निःशुल्क गर्ने जनाएको हो । यो अफर आज दिउसो १ बजे (जेठ २९ गते) देखि भोली दिउसो १ बजे (जेठ ३०) सम्मका लागि मात्र लागू रहेको डिशहोम फाइबरनेटले जनाएको छ ।

यो अफर कुनै पनि डिशहोम फाइबरनेटको प्याकेज २४– महिनाको लागि रिचार्ज गर्ने ग्राहकले थप ६ महिनाको सेवा निःशुल्क प्राप्त गर्नेछन् र कुल ३० महिनाको सिमलेस कनेक्टिभिटी प्रदान गर्नेछन् । रिचार्ज गर्नको लागि आफू नजिकै रहेको डिशहोमको डिलर दाई कहाँ गई बिना कुनै झन्झट सजिलै रिचार्ज गरी यस् गज्जबको अफरको फाईदा उठाउन सक्नु हुनेछ । साथै अनलाइन पेमेन्ट वालेटहरु मार्फत पनि रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

यो विशेष २४– घण्टा अफरले नेपालको क्रिकेट टोलीलाई साथ र समर्थन गर्ने र विस्तारित उच्च–स्पीड इन्टरनेटको साथ आफ्ना ग्राहकहरूलाई पुरस्कृत गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement