नेपाल र श्रीलंकाबीचको खेल रद्द

Advertisement

काठमाडौं । जारी आईसीसी टी–ट्वान्टी विश्वकप २०२४ अन्तर्गत आज (बुधबार) बिहान नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ । 

खेल रद्द भएसँगै दुबै टोलीले १–१ अंक बाँडेका छन् । आजको खेलमा संदीप लामिछाने पनि खेल्दै थिए । तर खेल रद्द हुँदा धेरै क्रिकेटप्रेमी नेपालीहरु खेल हेर्न नपाएर निराश भएका छन् । 

Advertisement

गए राती देखिनै लगातार भारी वर्षा भएपछि टस पनि हुन नसकी खेल रद्द भएको हो । खेल हेर्न नेपाली समर्थकको रंगशालामा ठूलो उपस्थीति थियो ।

यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेटले र बंगलादेशसँग २ विकेटले पराजित भएको थियो ।

नेपालले अव सेन्ट भिसेन्टमा दक्षिण अफ्रिकासँग शनिबार र सोमबार बंगलादेशसँग खेल्ने छ । समूह डी बाट शीर्ष दुईमा रहँदै सुपर ८ मा पुग्न बाँकी दुबै खेल जित्नुपर्ने नेपाललाई बाध्यता छ । समूह डी मा दक्षिण अफ्रिका सुरुवाती ३ खेलमा ६ अंकका साथ सुपर ८ मा पुगिसकेको छ ।

Advertisement

Advertisement