अब एनसेलमा आफ्नै ‘च्वाइस’को मोबाइन नम्बर लिएर ‘सधैं अन’ रहनसकिने

Advertisement

काठमाडौं । तपाईंलाई मनपर्ने कुनै नम्बर तपाईंको आफ्नै मोबाइल नम्बर बने के होला ? एक विशेष नम्बर जसले तपाईंलाई दूरसञ्चार सेवामा पहुँच मात्र दिँदैन, बरु तपाईंको जीवनको कुनै महत्वपूर्ण दिन वा मिठो सम्झनाको प्रतिविम्ब पनि बन्छ । 

ग्राहकहरुको यही ईच्छालाई परिपूर्ति गर्न एनसेलले ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना सञ्चालनमा ल्याएको छ । अब, एनसेलका ग्राहकले आफूलाई मनपर्ने अन्तिमको ६ वटा अंक रोजेर आफ्नो मोबाइल नम्बर आफै बनाउन सक्नेछन्, चाहे त्यो ग्राहकंको जन्मदिन होस् वा आफ्नो सहयात्रीलाई पहिलो पटक भेटेको दिन होस् वा आफ्नो सवारी साधनको नम्बर होस् वा अन्य कुनै महत्वपूर्ण मिति वा नम्बरलाई सधैंको लागि आफ्नै मोबाइल नम्बरमा परिणत गरि सधैं अन रहन सकिने छ । 

Advertisement

आफ्नो सम्बन्धहरुलाई अझै प्रगाढ बनाउँदै आफ्ना प्रियजनहरूलाई पनि त्यस्ता विशेष नम्बरहरू उपहार दिन सकिने कम्पनीको भनाई छ । यदि श्रीमानले  अन्तिमको ६ अंक ९४० भएको नम्बर लिँदा श्रीमतीले मिल्दोजुल्दो ९४१ नम्बर लिन सक्नेछन् । 

यो योजनाको मोबाइल नम्बर ९७०५ नम्बर रेन्जबाट शुरु हुने भन्दै कम्पनीले विशेष सधैं अन नम्बर प्राप्त गर्न चाहने ग्राहकहरूले अन्तिम ६ अंक आफै रोजेर आफ्नो विशिष्ट मोबाइल नम्बर बनाउन सक्नेछन् । 

ग्राहकले सिधै एनसेल एप वा एनसेल वेभसाइटमा गएर ‘मेरो नम्बर, मेरै च्वाइस’ क्लिक गरि आफूले चाहेको मोबाइल नम्बरको पछिल्लो ६ अंक उपलब्ध भए नभएको सजिलै हेरेर तत्काल अनलाइन बुकिङ् गर्न सक्छन् ।

हाल प्रयोग गर्दै आएको मोबाइल नम्बरको पछिल्लो ६ अंक मिल्ने गरि नयाँ मोबाइल नम्बर लिन सकिने सुविधा यो योजनाको प्रमुख विषेशता हो भन्दै कम्पनीले यस योजना अन्तर्गत, ९७०५ रेन्जबाट मोबाइल नम्बर छनोट गर्नको लागि नौ लाख बढी मोबाइल नम्बरहरू उपलब्ध रहेको जानकारी दिएको छ । 

एनसेलले फस्ट कम, फस्ट सर्भ बेसिसमा उपलब्ध नम्बरहरु वितरण गर्ने जानकारी दिएको छ । यो सिम एनसेलले हाल सञ्चालन गरिरहेको ‘सधैं अन’ प्लान अन्तर्गत रु ५९९ देखि रु १,४९९ सम्मको प्लानमा बन्डल सेवाका रुपमा उपलब्ध गराउने जनाइएको छ ।

सधैं अन योजनाका प्लानहरुअन्तर्गत ग्राहकहरूले भ्वाइस, डेटा, निःशुल्क सामाजिक सञ्जाल डेटा र एसएमएस सेवा पाउँछन् । (१२३) डायल गरेर ‘सधैं अन’ प्लानहरू सुचारु गर्न सकिन्छ ।

बुकिङ गरिएको सिम ग्राहकले देशभर फैलिएका एनसेलका ३२ वटा एनसेल सेन्टरहरूमध्ये कुनै पनि सेन्टरमा गई लिन सकिन्छ । काठमाडौं उपत्यकाको हकमा उपाय कार्गो सेवामार्फत होम डेलिभरी गराएर पनि यो सिम लिन सकिन्छ । बुकिङ् गराएको नम्बर ७ दिन भित्र नलिएको खण्डमा सो नम्बर बुकिङको सुचिबाट स्वत हट्नेछ र सो नम्बर अरु ग्राहकले पनि लिन सक्नेछन् । एनसेलको ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना अन्तर्गत ग्राहकहरूले नम्बर मात्र रोज्दैनन्, उनीहरुले आफ्नो विशेष सम्झनाको एक सिम अर्थात नम्बर सधैं आफ्नो साथ बोक्नेछन् ।

Advertisement

Advertisement