नेप्से ५.३७ अंकले घट्योः पाँच कम्पनीमा पोजेटिभ सर्किट, ४ अर्ब ३७ करोडको कारोबार

Advertisement

काठमाडौं । साताको पहिलो दिन आज शेयर बजार घटेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.३७ अंकले घटेको हो । ०.२५ प्रतिशतले बजार घट्दा नेप्से २०६२.९४ अंकमा झरेको छ । 

Advertisement

समग्रमा बजार घटे पनि वित्त, अन्य र ट्रेडिङ समूह क्रमशः ५.४९, ०.२५ र ०.६६ प्रतिशतले बढे भने  अरु समूह राताम्मे भए । लघुवित्त समूह सबैभन्दा बढी १.२३ प्रतिशतले घटेको छ । 

undefined

आज ३१७ कम्पनीका ९५ लाख ६१ हजार ७ सय २७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार ४ सय ५८.६५ रुपियाँ बराबरको कारोबार भएको छ । 

समग्रमा बजार घटे पनि विभिन्न ५ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । रिलायन्स फाइनान्स, गणपति लघुवित्त, साधना लघुवित्त र मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले १०–१० प्रतिशतले नाफा कमाउँदा नेपाल फाइनान्सका लगानीकर्ताले ९.९९ प्रतिशत कमाए । 

त्यस्तै ग्लोबल आइएमई लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.५८ प्रतिशतले घाटा व्यहोरे । 

आज पोखरा फाइनान्सको उच्च कारोबार भयो । उक्त कम्पनीको १७ करोड १३ लाख ५२ हजार ३ सय ९१.७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।  
 

Advertisement

Advertisement