आइएमई मोटर्स र रिलायन्स फाइनान्सबीच सवारी साधन फाइनान्सिङका लागि रणनीतिक साझेदारी

Advertisement

काठमाडौँ । आइएमई मोटर्सले  रिलायन्स फाइनान्स बिच सत्तरी प्रतिशत सम्मको सवारी साधन  फाइनान्सिगका लागि रणनीतिक साझेदारी  भएको छ । यस सम्झौतासँगै,ग्राहकहरूले अब रिलायन्सबाट सत्तरी प्रतिशत सम्मको सवारी साधन फाइनान्सिग सुविधा प्राप्त गर्न सक्नेछन् ।

सम्झौतामा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ र रिटेल तथा एसएमई प्रमुख नबिन्द्र केसी र आइएमई मोटर्सका सहायक महाप्रबन्धक सुशील सुवेदी र कम्पनीका प्रमुख वित्तीय अधिकृत निर्मल अधिकारी बिच हस्ताक्षर भएको हो ।

Advertisement

यस समझदारी मार्फत दुबै कम्पनीहरूको ग्राहक केन्द्रित समाधान र अटोमोबाइल क्षेत्रको विकासमा प्रतिबद्धता प्रकट गरेका छन् । यसबाट ग्राहकहरूलाई सवारी साधन किन्न  सहज र पहुँच योग्य फाइनान्सिङको सुविधा उपलब्ध भएको कम्पनीले जनाएको छ ।

ग्राहकहरूले अब रिलायन्स फाइनान्सबाट सवारी साधनको  कुल मूल्यको सत्तरी प्रतिशत सम्मको फाइनान्सिग प्राप्त गर्न सक्नेछन् । यो साझेदारीले दुबै कम्पनीहरूको सेवालाई उपयोग गर्दै सहज प्रक्रियासंगै सुलभ र प्रभावकारी फाइनान्सिग सुविधा उपलब्ध हुनेछ ।

यस समझदारीले सवारी साधनको स्वामित्वको पहुँचलाई विस्तार गर्नेछ र  अटोमोबाइल  क्षेत्रको विकासलाई थप प्रर्वद्धन गर्नेछ ।

आइएमई मोटर्सका सहायक महाप्रबन्धक सुशील सुवेदीले रिलायन्स फाइनान्ससँगको  यो साझेदारीबाट ग्राहकहरूलाई बढी फाइनान्सिङ सुविधाहरू गर्ने तथा यसबाट अशोक लेल्याण्डको बजार वृद्धि गर्न सहयोग पुग्ने विश्वास लिएको बताएका छन् ।  

त्यस्तै रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठले आइएमई मोटर्ससँग मिलेर उत्कृष्ट फाइनान्सिग सेवाहरू मार्फत  ग्राहकहरूको आवश्यकतालाई पुरा गर्न तत्पर रहेको बताएका छन् । 

Advertisement

Advertisement