पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपियाँ र डिजेलको ५ रुपियाँले घट्यो

Advertisement

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ ।

२०८१ भदौ ३१ गते बिहान १ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैया, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ५ रुपैयाँले भाउ घटाएको हो । 

Advertisement

घटेको मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १५९ रुपियाँमा झरेको छ भने डिजेल र मट्टितेज समान प्रतिलिटर १४९ रुपियाँमा झरेको छ । 

२०८० भदौ ३० गते भारतीय आयाल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूची अनुसार मूल्य घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ । तर, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ । 

undefined

Advertisement