तालिम र ट्रेकिङ रुटको रुपमा विकास गर्ने उद्देश्यसहित गन्जला-चुली आरोहण गरिंदै

Advertisement

काठमाडौं । तीस जना महिलाको समूहले सिन्धुपाल्चोक जिल्लमा रहेको गन्जला-चुलीको आरोहण गर्ने भएको छ । 

५ हजार ८ सय ६३ मिटर उचाइमा रहेको गन्जला-चुली (नया कांगा) को आरोहण गर्न यही असार १५ गतेका दिन काठमाडौंबाट सिन्धुपाल्चोक तर्फ जान लागेको सिन्धुपाल्चोकको राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभाप्रति तथा पर्वतारोही माया गुरुङले बताइन् । 

Advertisement

गन्जला-चुली तालिम र ट्रेकिङ रुटको रुपमा विकास गर्न यो आरोहण गर्न लागेको उनले जानकारी दिइन् । 

उक्त आरोहणको नेतृत्व समेत गरिरहेका गुरुङले यो पिक छोटो समयमा आरोहण गर्ने पिक रहेको र १० देखि १२ दिनमा गन्जला-चुलीको आरोहण गर्ने योजना रहेको बताइन् । 

Advertisement

Advertisement