नेपालमा ठूलो संख्यामा भारतीय धार्मिक पर्यटक भित्र्याउन सकिने संभावना छ: मन्त्री तामाङ

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङले नेपाल धार्मिक, सांस्कृतिक, पुरातात्विक सम्पदाहरुका हिसाबले असाध्य धनी रहेको र खास गरी हिन्दु बाहुल्य देश भएको हुनाले ठूलो संख्यामा भारतीय धार्मिक पर्यटक भित्र्याउन सकिने संभावना रहेको बताएका छन् । 

चितवनको देवघाटधाम संरक्षण प्रतिष्ठानले निर्माण गर्न लागेको अष्टधातु शिवमुर्तिको शिलन्यास गर्दै मन्त्री तामाङले सो कुरा बताएका हुन् । उनले नेपालमा हवाई मार्गबाट मात्र नभएर स्थलमार्गबाट पनि लाखौँको संख्यामा धार्मिक पर्यटक ल्याउन सकिने बताए ।  

Advertisement

अष्टधातु शिवमुर्ति निर्माणका लागि प्रधानमन्त्रीसँगको सल्लाहमा बजेट व्यवस्था गरिएको जानकारी दिँदै देशको विकास र समृद्धिको एउटा आधार पर्यटन भएकाले त्यसमा धार्मिक पर्यटनको पनि भूमिका हुने उल्लेख गरे ।  

उनले राज्य धर्मनिरपेक्ष भएकाले सबै धर्मलाई समान रुपले हेर्ने भन्दै नेपालमा सबै खाले धार्मिक पर्यटक आउने गरेको बताए । 

Advertisement

Advertisement