सेन्ट्रल फाइनान्सको दुई लाख ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । सेन्ट्रल फाइनान्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

फाइनान्सले संस्थापक शेयरधनी बेनुका जोशीको नाममा रहेको दुई लाख ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । 

Advertisement

हाललाई यो शेयर फाइनान्सका कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । 

इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय, कुपण्डोल ललितपुर वा संस्थाको शेयर रजिस्ट्रार एनएमबि क्यापिट मर्चेन्ट मार्केट्स काठमाडौंमा आफूले खरिद गर्न चाहेको शेयर कित्ताको व्यहोरा खुलाई निवेदन दिनुपर्नेछ । 

तोकिएको समयभित्र खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्तिलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ । 

Advertisement

Advertisement