मुद्दती निक्षेपमा ४५ करोड लगानी गर्दै राष्ट्र बैंक, आज रातिसम्म आवेदन दिन सकिने

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा ४५ करोड रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले ०८१ साउन ३ गतेदेखि ०८२ साउन ३ गतेसम्मका लागि आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । 

मुद्दती निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले आजै राति ७ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदरसमेत खुलाएर आवेदन पेस गर्नुपर्नेछ । 

Advertisement

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ३६ करोड, ‘ख’ वर्गका विकास बैंकमा ६ करोड ७५ लाख र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा २ करोड २५ लाख रुपियाँ लगानी गर्न लागेको हो ।

Advertisement

Advertisement