बढेको नूनको मूल्य आजदेखि लागू

Advertisement

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ ।

कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको मूल्य आज (बुधबार) देखि लागू हुने गरी समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो ।

Advertisement

समायोजित मूल्यअनुसार आयोनून एक किलो प्याकेटको रु २३ बाट बढेर रु २६ पुगेको छ ।

त्यस्तै, न्यू शक्ति नून एक किलोको रु १७ रहेकामा बढेर रु २० कायम भएको छ भने भानू नून एक किलोको मूल्य रु नौ तोकिएको छ ।

Advertisement

Advertisement