विषम राजनीतिक परिस्थितिपछि ओली, देउवा र दाहालबीच भेटवार्ता

Advertisement

काठमाडौंं । देशको विषम राजनीतिक परिस्थितिपछि तीन ठूला नेताहरुबीच भेटवार्ता भएको भएको छ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेट भएको हो ।   

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा देशको विषम राजनीतिक परिस्थिति, राजा ज्ञानेन्द्र बढ्दो लोकप्रियता र सक्रियता, सुरक्षा, शान्ति प्रक्रिया, अर्थतन्त्रलगायतका विषयमा छलफल भएको जनाइएको छ । 

Advertisement

बैठकमा गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत, महान्याधिवक्ता रमेश वडाल पनि सहभागी थिए । प्रधानमन्त्रीको सचिवालयले भने सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठनलगायतका विषयमा छलफल भएको बताएको छ । 

Advertisement

Advertisement