रास्वपामा महामन्त्रीकै माग सम्बोधन भएन्, मुखमा कालो टेप बाँधेर ढकाल बैठकमा सहभागी

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवम् प्रवक्ता मुकुल ढकाल मुखमा कालो टेप बाँधेर केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् ।

केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारणको माग गर्दै आएका ढकालले माग सुनुवाइ नभएको विरोध मुखमा कालो टेप लगाएका हुन् । उनले बैठकमा बोल्न पाउने प्रजातान्त्रिक अधिकार हनन भएको बताएका छन् । 

Advertisement

ढकालले पार्टी सभापति रवि लामिछानेलाई बुझाएको प्रतिवेदनमाथि केन्द्रीय समितिको बैठकमा छलफल गर्ने तयारी छ । पार्टीको सञ्चालन र कार्यशैलीमा आमुल सुधार र संघीय प्रणाली खारेजीको कुरा उठाएका उनले आफूहरुले अध्ययन गरेर बुझाएको प्रतिवेदनअनुसार सुधार नगरे २०८४ सालमा रास्वपा सकिने चेतावनी दिएका छन् । 

Advertisement

Advertisement