दाहाल सरकार कहिले बिदा हुने यत्तिकै भन्न सकिन्नः माधव नेपाल

Advertisement

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समाजवादी मोर्चालाई क्रियाशील बनउनुपर्ने बताएका छन् । शुक्रवार सम्पन्न आफ्नो पार्टीको महाधिवेशनमा उनले समाजवादी मोर्चाको बैठक बस्न ढिला भइसकेको बताएका हुन् । 

अहिले राष्ट्रिय राजनीतिले पनि नयाँ मोड लिन खोजिरहेको बताउँदै माधव नेपालले नयाँ सरकारका काम, क्रियाकलापअनुसार राष्ट्रिय राजनीतिमा प्रभाव पर्ने बताए । उनले नयाँ समीकरणमा सामेल हुने पार्टीहरुसँग पनि हामीले छलफल, परामर्श गर्नुपर्ने आवश्यकता रहेको बताए । 

Advertisement

पूरानो सरकार कहिले बिदा हुने र नयाँ सरकारले कहिले आकार लिने भन्नेकुरा यत्तिकै भन्न नसकिने माधव नेपालले बताए । उनले भने, ‘अहिले राष्ट्रिय राजनीतिले पनि नयाँ मोड लिन खोजिरहेको छ । यसले केन्द्रमा मात्रै प्रभाव पार्ने छैन, प्रदेशमा पनि प्रभाव पार्नेछ । यसले एउटा क्षेत्रमा मात्रै प्रभाव पार्ने छैन, यो नयाँ सरकारका काम, क्रियाकलाप कस्तो हुनेछ । त्यसले राष्ट्रिय राजनीतिलाई पनि प्रभाव पार्नेछ । यस अर्थमा हामीले कसरी अघि बढ्ने हो ? यस बारेमा विभिन्न दलहरुसँग पनि वार्ता गर्नुपर्ने छ ।’ 

माधव नेपालले भने, ‘समाजवादी मोर्चालाई क्रियाशिल गर्नुपर्नेछ । त्यसको निम्ति पनि बैठक बस्न ढिलो भइसकेको छ । अहिलेको नयाँ समीकरणको आधारमा नयाँ समीकरणमा सामेल हुने पार्टीहरुसँग पनि हामीले छलफल, परामर्श गर्नुपर्ने आवश्यकता छ । कुन ढंगले अघि बढ्ने हो ? कस्तो नीति लिनेछ ? कहिले आकार ग्रहण गर्नेछ, पुरानो सरकार कहिले बिदा हुनेछ, यि सबै कुरा यत्तिकै भन्न सकिँदैन, हाम्रो पनि सहभागिता र भुमिका रहने भएकाले यस कार्यमा पनि जुट्नुपर्ने छ ।’

Advertisement

Advertisement