लघुउद्यमीहरुको प्रवर्द्धन गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषले गर्यो अन्तरक्रिया

Advertisement

काठमाडौं । नवीन कर्जा सुरक्षण कार्यक्रमहरुमार्फत लघुउद्यमीहरुको प्रबर्धन गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषले लघुवित्त संस्थाहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । 

शुक्रबार आयोतिज कार्यक्रममा लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृतलगायतका उच्च व्यवस्थापकहरु सहभागी थिए । उनीहरुलाई कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले सुरक्षण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आफूहरु कटिबद्ध रहेको बताए । 

Advertisement

उनले वित्तीय संस्थाहरुको सुझाव तथा सहयोग सधैं कोषका लागि अपरिहार्य रहने भन्दै कोषमा निक्षेप तथा कर्जाको सुरक्षण गरी जोखिम कम गर्न सुझाव दिएका थिए । 

कोषका सहायक प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरुले कोषका कार्यक्रम र योजनाहरुबारे जानकारी गराउँदै निक्षेप तथा कर्जा सुरक्षणको महत्वबारे  बताएका थिए । उनीहरुले कोषले सञ्चालन गरेका नयाँ तथा पूराना कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए । 

छलफलमा सहभागीहरुले कोषले आधुनिक प्रबिधि अबलम्बन गरी क्षतिपूर्ति दाबी भुक्तानीलाई सरलीकृत तथा छिटो बनाउनुपर्ने र मृत्यु दाबीको हकमा कोषको कर्जा सुरक्षण नियमावलीमा संशोधन गरेरै भए पनि क्षतिपूर्तिलाई व्यवहारिक बनाउन सुझाव दिएका थिए । कोषले आफ्नो क्षमता अभिबृद्धि गर्दै सुरक्षण कार्यक्रमहरु प्रभावकारी बनाउन आवश्यक रहेको उनीहरुको भनाई छ । 

Advertisement

Advertisement