प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

Advertisement

काठमाडौं । संघीस संसद्अन्तर्गत आज प्रतिनिधिसभा बैठक बस्दै छ । 

बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

Advertisement

बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । 

त्यस्तै, प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पत्ति भएको 'विनियोजन विधेयक, २०८१' का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउनेछन् ।

त्यस्तै, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले 'पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०' पेस गर्नेछन् ।

त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले 'अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औं वार्षिक प्रतिवेदन आर्थिक वर्ष ०७९/०८०' पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । 

 

Advertisement

Advertisement