आईएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न

Advertisement

काठमाडौं । काठमाडौंस्थित बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसएमटी कलेजले दीक्षान्त समारोह सम्पन्न गरेको छ । 

सन्डरल्याण्ड विश्वविद्यालयका उच्च तका प्रतिनिधिको प्रमुख आतिथ्य र अभिभावकहरुको उपस्थितिमा सम्पन्न उक्त समारोहमा बीबीए उत्तीर्ण ३९० जना विधार्थीहरु दिक्षित भए । 

Advertisement

उक्त समारोहमा उत्कृष्ट नतिजा हासिल गर्ने विधार्थीहरुलाई यूनिभर्सिटीले विशेष अवार्ड समेत प्रदान गरेको थियो । 

आईएसएमटी ग्रुपले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि सन्टरल्याण्डकै सम्बन्धनमा कलेज सञ्चालन गरी बीबीए कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।     
 

Advertisement

Advertisement