एलआईसी नेपालद्धारा बाढी पीडितका लागि ३१ लाख सहयोग

Advertisement

काठमाडौं । एलआईसी नेपालले बाढी पीडितका लागि ३१ लाख रुपियाँ सहयोग गरेको छ । कम्पनीले सरकारको दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री केपी ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गरे । 

Advertisement

गत साता भारी बर्षापछि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानले पुर्याएको क्षतिबाट प्रभावितको राहत र पुनःस्थापनाका लागि कम्पनीले उक्त सहयोग गरेको हो । 

Advertisement

Advertisement