हिमालयन लाइफद्वारा शेयरधनीलाई बोनस शेयरबापतको कर जम्मा गर्न आग्रह

Advertisement

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले साविकका शेयरधनीलाई बोनस शेयर बापतको कर जम्मा गर्न आग्रह गरेको छ ।

आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट साविक गुराँस लाइफले १३.२७१२७७२ प्रतिशत र साविक यूनियन लाइफले ८.९७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेका थिए । 

Advertisement

साविकका गुराँस लाइफ, यूनियन लाइफ र प्राइम लाइफ मर्ज भई हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गरेका थिए । 

एकीकृत कारोबारपछि शेयर खरीद गरेका वा आईपीओ बाँडफाँटमा परी हालसम्म शेयर कायम गरेका शेयरधनीको हकमा बोनस शेयरमा लाग्ने कर शेयरधनीले तिर्नुपर्ने हुन्छ । सोहीअनुसार कम्पनीले करबापतको रकम तिर्न भनेको हो । 

कर नेपाल इन्भेस्टमेन्ट मेगा बैंक पुतलीसडक शाखामार्फत जम्मा गर्न सकिनेछ । 

सम्बन्धित शेयरधनीले कर बापतको रकम जम्मा गरेपछि मात्र बोनस शेयर शेयरधनीको खातामा जम्मा हुने पनि कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement