साढे २१ अर्ब रुपियाँको ट्रेजरी बिल नवीकरण गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय

Advertisement

काठममाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २१ अर्ब ६० करोड रुपियाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । 

कार्यालयले २८ दिनका लागि पाँच अर्ब, ९१ दिनका लागि आठ अर्ब र एक वर्षका लागि आठ अर्ब ६० करोड रुपियाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । 

Advertisement

मंगलबार (असार २५ गते) जारी हुने यस ट्रेजरी बिलका लागि आजै दिउँसो ३ बजे बोलकबोल हुनेछ । 

ट्रेजरी बिल एक वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । 

यस बोलकबोल प्रक्रियामा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

undefined


 

Advertisement

Advertisement