शेयर बजारमा झिनो करेक्शनः साढे चार अर्बमा समेटियो कारोबार

Advertisement

काठमाडौं । केही दिन यता बढिरहेको शेयर बजारमा आज भने करेक्शन देखिएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४.६२ प्रतिशतले बढेको हो । ०.२१ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २१३६.३५ अंकमा ओर्लिएको छ ।

Advertisement

समग्रमा बजारमा करेक्शन देखिंदा वित्त, लघुवित्त र म्युचल फण्ड भने हरियाली देखिएका छन् । बाँकी समूह रातम्मे भए । होटल समूह सबैभन्दा बढी ०.९५ प्रतिशतले घटेको हो । 

undefined

आज ३२४ कम्पनीका १ करोड ४ लाख ७५ हजार १ सय ८१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार १ सय ६ रुपियाँ बराबरको शेयर किनबेच भएको हो । 

समाज लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.६८ प्रतिशतले नाफा कमाउँदा मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.३९ प्रतिशतले घाटा व्यहोरेका छन् । 

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २८ करोड ७० लाख ८० हजार ९ सय ३५.८० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन हिजो आइतबार बजार २१.२७ अंकले उचालिंदा ६ अर्ब २९ लाख ३१ ह्जार ८ सय ५४.७१ रुपियाँ बराबरको शेयर किनबेच भएको थियो । 
 

Advertisement

Advertisement