बुधबार एनटीसीको सेवा अवरुद्ध हुने, ब्यालेन्स रिचार्ज तथा प्योकज खरिद नगर्न अनुरोध

Advertisement

काठमाडौं । बुधबार (भोलि) नेपाल टेलिकमको आंशिक सेवा अवरुद्ध हुने भएको छ ।

टेलिकमले बिलिङ प्रणाली स्तरोन्नति परीक्षण गर्ने कार्यका लागि बुधबार राति ११ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म सेवा अवरुद्ध हुने जनाएको छ । 

Advertisement

टेलिकमले सो अवधिमा ब्यालेन्स रिचार्ज, प्योकज खरिद तथा साेधपुछ (क्वेरी) नगर्न ग्राहकलाई अनुरोध गरेको छ । यी सेवा लिनुपरेमा उल्लिखित समयअगावै लिनसमेत भनिएको छ ।

यद्यपि, मोबाइल भ्वाइस, डेटा, एसएमएसलगायतका सेवा भने यथावत् सञ्चालन हुने पनि टेलिकमले जनाएको छ । 


 

Advertisement

Advertisement