संविधान संशोधन गरेर देशलाई दुई दलीय प्रणालीमा लैजान खोजियोः सांसद यादव

Advertisement

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद महिन्द्रराय यादवले संविधान संशोधन गरेर देशलाई दुई दलिय प्रणालीमा लैजान खोजिएको बताएका छन् । 

मङ्गलवार प्रतिनिधि सभा बैठकमा उनले दुई ठूला दलहरुले संविधान संशोधनमार्फत दुई दलिय प्रणालीमा लान खोजिएको बताए । संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिता वर्तमान संविधानको चार पिल्लर रहेको भन्दै समानुपातिक र समावेशिता हटाउने कुरा सैह्य नहुने बताए । संविधान संशोधन गर्ने नै हो भने सर्वपक्षीय र सर्वदलीय रुपमा हुनुपर्ने उनले बताए । 

Advertisement

यादवले भने, ‘संविधान संशोधनका लागि दुई ठूला दलहरुले दुई दलीय प्रणाली लान खोजिएको र थ्रेसहोल्ड हटाउन खोजिएको हो भने यो मुलुकको लागि कति सैह्य हुनसक्छ ? म आग्रह गर्न चाहन्छु अब संविधान संशोधन गर्दाखेरी संविधानको चारवटा पिल्लर खम्बा हो, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशी । यी चारवटा पिल्लरमा समानुपातिक र समावेशी हटाउने कुराको अहिले जसरी भाष्य उत्पन्न भएको छ । यसकारण म ध्यान आकृष्ट गराउन चाहान्छु, अब संविधान संशोधन गर्दाखेरी सर्वपक्षीय, सर्वदलीय हिसावमा होस् ।’

उनले तराईमा विपद्को मुख्य कारण चुरे क्षेत्रको व्यवस्थापन हुन नसक्नु भएको बताए । यादवले चुरे क्षेत्रको व्यवस्थापन नहुँदा प्रतिवर्ष ४ हेक्टर जमिन मरुभूमीकरण भइरहेको भन्दै आगामी ५० वर्षमा सबै खेतीयोग्य भूमि मरुभूमिकरण हुने अवस्था रहेको बताए । 

चुरे दोहन रोक्नुपर्ने उनले बताए । यादवले वर्तमान सरकार संविधानको धारा ७६(२) मा बनेको उल्लेख गर्दै विश्वासको मत नपाएमा स्वतः धारा ७६(३) अनुसार सरकार बन्ने बताए । 

Advertisement

Advertisement