महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्युआर पेमेन्ट सुविधाको निरन्तरता

Advertisement

काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तरदेशीय क्युआर पेमेन्ट सुविधालाई निरन्तरता दिएको छ ।

बैंकले फोन–पेसँगको सहकार्यमा नेपाल आएका भारतीय नागरिकलाई क्युआर मर्चेन्टमार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने सेवालाई निरन्तरता दिएको हो । 

Advertisement

यसअन्तर्गत भारतीय नागरिकले भारतीय भुक्तानी सेवा प्रदायक भिमपे, पेटीएम, गुगलपे आदिको माध्यमबाट बैंकले उपलब्ध गराएको क्युआर कोडमा स्क्यान गरी नेपालका विभिन्न व्यापारिक स्टोरहरूमा तत्काल, सुरक्षित र सुविधाजनक तरिकाले भुक्तानी गर्न सक्नेछन् । 

यस्ता कार्यबाट नेपाल र भारत बीच रहेको आर्थिक, सामाजिक तथा पारस्परिक सम्बन्धलाई थप नयाँ उचाईमा पु¥याउन र नेपालको आर्थिक तथा पर्यटन विकासमा समेत सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । 

यसअघि पनि यस बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले नेपाल र भारतबीच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । 

साथै नेपाल आउने भारतीय पर्यटकहरूलाई लक्षित गरी उक्त सेवा अझ छिटो, छरितो र भरपर्दो रुपमा प्रदान गर्न यस बैंकले आफ्ना संस्थागत ग्राहकहरुसँग आवश्यक सहकार्य समेत गर्नेछ । डिजिटल भुक्तानीका माध्यमहरुको नवीनतम प्रयोग प्रति बैंक सधैं प्रतिबद्ध रहेको र नेपालभर रहेको शाखा सञ्जाल तथा मर्चेन्ट नेटर्वकको माध्यमबाट अन्तरदेशीय क्युआर भुक्तानीमा समेत अग्रणी सेवा प्रदायकको रुपमा स्थापित हुने विश्वास बैंकले लिएको छ ।

Advertisement

Advertisement