सरकार भन्छ– टिकट काटेर मात्रै यात्रा गर्नु

सिमलताल घटनाबाहेक गएको २४ घण्टामा पहिरोका कारण १५ जनाको मृत्यु

Advertisement

काठमाडौं । विगत २४ घण्टामा नेपालमा पहिरोका कारण १५ जनाको मृत्यु भएको छ । यो संस्था नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा भएको दुई वटा बस दुर्घटनामा परेकाहरुबाहेक हो । 

शुक्रवार सिंहदरबारमा बसेको विपद् सम्बन्धी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक विभाग, यातायात व्यवसायी लगायतका सम्बन्धित निकायहरुसँग छलफल भयो । 

Advertisement

छलफलका क्रममा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बिहीवारदेखि शुक्रवार दिउँसोसम्म कास्कीमा ११ जना, म्याग्दी २ जना, चितवनमा १ जना गरी कुल १५ जनको मृत्यु भएको जानकारी प्राप्त भएको बताए । 

साथै काठमाडौंबाट गौर र वीरगञ्जबाट काठमाडौं आउने दुई वटा रात्री बस पहिरोले बगाएको सो बसमा रहेकाहरुको बारेमा खोजी जारी रहेको उनले बताए । अर्यालले बसमा कति सवारी थिए भन्ने यकिन तथ्यांक नभएकाले अहिलेसम्म विवरण प्राप्त हुन नसकेको बताए । 

अर्यालले भने, ‘हिजोदेखि आजसम्म पहिरोबाट कास्कीमा ११ जना, म्याग्दी २ जना, चितवनमा १ जना गरी कुल १५ जनको मृत्यु भएको जानकारी प्राप्त भएको छ । काठमाडौंबाट गौर र वीरगञ्जबाट काठमाडौं आउने दुई वटा रात्री बस सिमलटारी भन्ने ठाउँमा दुर्घटना भएको छ । ज्यादै दुःखद् घटना भएको छ । यो पूर्वतयारी गर्दागर्दै यति ठूलो भयो । गाडी खस्यो तर कति यात्रु भन्ने कन्फ्युजन भयो । प्रदेश सरकारसँग समन्वय भएर काम गरिरहेका छौँ । जहाँ पूर्वसूचनाको प्रयोग गर्नुपर्ने हो त्यो हामीले अनिवार्य लागू गर्नुपर्छ । टिकट नलिइकन यात्रा गर्न दिनुभएन, यात्रुले पनि गर्नुभएन । ठाउँ ठाउँमा सुरक्षाकर्मीले चेक गर्नुपर्छ ।’

उनले टिकट नलिइकन यात्रा गर्न नदिन र यात्रुले पनि टिकट नलिकन यात्रा नगर्न आग्रह गरे । उनले सुरक्षा बलले पनि बसहरुको विभिन्न ठाउँमा चेकजाँच गर्न आग्रह गरे । 

Advertisement