अण्डाको मूल्य बढ्यो, कति पुग्यो क्रेटको ?

Advertisement

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्य वृद्धि गरेको छ । संघको शुक्रबारको बैठकले चितवनलाई आधार मानी शनिबारदेखि लागू हुनेगरी नयाँ मूल्य निर्धारण गरेको हो । 

संघले अतिरिक्त ठूलो अण्डाको समर्थन बिक्री मूल्य प्रतिक्रेट ५३० रुपियाँ कायम गरेको छ । यसअघि यस क्रेटको मूल्य पाँच सय रुपियाँ थियो । त्यस्तै, ठूलो अण्डा प्रतिक्रेट ५१० र मध्यमस्तरको अण्डा प्रतिक्रेट ४९० कायम गरेको छ । 

Advertisement

यसअघि मध्यमस्तरको अण्डा प्रतिक्रेट ४९० र मझौला अण्डाको मूल्य प्रतिक्रेट ४६५ कायम गरिएको थियो । 
 

Advertisement