ड्रिम स्किन नेपालले सञ्चालनमा ल्यायो नयाँ आउटलेट, दक्षिण कोरियाका राजदूतले गरे उद्घाटन

Advertisement

काठमाडौं । नेपालमा कोरियाली स्किन केयर प्रोडक्टहरु बिक्री गर्दै आएको ड्रिम स्किन नेपालले लाजिम्पाटस्थित त्रिसरामा आफ्नो नयाँ स्टोर सञ्चालनमा ल्याएको छ । 

नोपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ताए–योङले उक्त शोरुमको मंगलबार उद्घाटन गरे । कार्यक्रममा उनले कोरियन स्किन केयरका उत्पादन विश्वभर नै चर्चित रहेको बताए । उनले नेपालमा पनि यस्ता उत्पादन देख्न पाउँदा खुशी लागेको बताए । 

Advertisement

ड्रिम स्किन नेपालले राजधानीको मध्य बानेश्वरमा पनि अर्को आउटलेट (शाखा) खोलेको छ । ड्रिम स्किन नेपालका निर्देशक दिलिप यादवले आफूहरुले कोरियाली स्किन केयर, हेयर केयर र कस्मेटिका आधिकारिक उत्पादन आयात गर्ने गरेको बताउँदै भविश्यमा यस्ता उत्पादनको दायरा बढाउने बताए । 
 

Advertisement