आईएमई लाइफले अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने

Advertisement

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ आर्थिक वर्ष २०८१/०८२ मा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । 

कम्पनीले सामाजिक तथा आर्थिक रुपान्तरण अभियन्ताका रुपमा काम गर्न इच्छुक व्यक्तिका लागि केन्द्रीय, शाखा तथा उपशाखामा कार्यालमा जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्न लागेको हो । 

Advertisement

बीमा अभिकर्ता भई काम गर्न इच्छुकले आफूलाई पायक पर्ने कम्पनीका केन्द्रीय, प्रदेश शाखा तथा उपशाखामा सम्पर्क गर्नुपर्नेछ । 

अभिकर्ता बन्न न्यूनतम योग्यता एसएलसी/एसईई उत्तीर्ण भएको हुनुपर्नेछ । 

आधारभूत तालिमको विस्तृत विवरण भने कम्पनीको वेबसाइटमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Advertisement