राजासँग थाइल्याण्डका नयाँ प्रधानमन्त्री प्यातोङटार्नले लिइन शपथ

Advertisement

काठमाडौं । थाइल्याण्डका राजा महा वजिरालोङ्कोर्नले नयाँ पोर्टफोलियोको शाही अनुमोदनपछि शुक्रवार गठबन्धन सरकारमा प्रधानमन्त्री प्यातोङटार्न सिनावात्रा र क्याविनेट मन्त्रीहरूलाई शपथ ग्रहण गराएका छन् । 

फेउ थाई पार्टी नेतृत्वको गठबन्धन अन्तर्गत प्यातोङटार्न र ३५ मन्त्रिपरिषद् सदस्यले राजधानी बैंककको दुसित दरबारमा आयोजित परम्परागत समारोहमा राजासमक्ष वफादारीको शपथ लिएकी थिइन । 

Advertisement

समारोहमा गठबन्धनका प्रमुख तीन दल फेउ थाई, भुमजैथाइ र युनाइटेड थाई नेशनका ६ उपप्रधानमन्त्रीहरु, मन्त्रिपरिषद्का मन्त्रीहरु र उनीहरुका उपप्रधानमन्त्रीहरु सहभागी थिए । सरकारी नीति वक्तव्य तयार गर्न शनिबार विशेष मन्त्रिपरिषद बैठक बस्ने कार्यक्रम छ जुन उनले आधिकारिक रूपमा पदभार ग्रहण गर्नुअघि अर्को हप्ता संसदमा पेश गर्ने अपेक्षा गरिएको छ । 

फेउ थाई पार्टीका नेता र पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी ३८ वर्षीया सिनावात्रा अगस्टमा संसदीय मत जितेर देशको सबैभन्दा कान्छी र दोस्रो महिला प्रधानमन्त्री निर्वाचित हुनुभएको थियो । सिन्ह्वा–नान

Advertisement