रुकुममा बाढीले घर बगाउँदा तीन जना पुरिए
प्रतीकात्मक तस्बिर ।

Advertisement

काठमाडौं । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१२ बगरस्थित तातोपानी झिन्चौर खोलामा गएराति आएको बाढीले घर बगाउँदा ३ जना बालबालिका पुरिएका छन् ।

आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीका अनुसार ८ वर्षीय हितमाया पुन, ५ वर्षीया धनिसा पुन, ३ वर्षीया मनिसा सार्की पुरिएका र ४० वर्षीया डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएको जानकारी दिए ।

Advertisement

बाढीले घर बगाउँदा १० वर्षीया विजय सार्की, २२ वर्षीया अनिसा पुन, २९ वर्षीय जनक खत्री, ६५ वर्षीया मनसरी पुन, ४ वर्षीया मेक्सन पुन, २० वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पाना कामी घाइते भएको उनले बताए ।

नगरप्रमुख केसीले भने, ‘खोलामा लेदो माटोमा पुरिएका बालबालिकालाई निकाल्न सकिएको छैन । घाइतेलाई आठबीसकोट नगर अस्पताल राडीमा ल्याउने काम जारी छ । उद्धारका लागि प्रहरी र स्थानीयवासी जुटिसकेका छन् । 

Advertisement