आजको मौसम : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

Advertisement

काठमाडौं । मनसुनी वायुको प्रभाव कायमै रहँदा ​​हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । 

अहिले गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले  जनाएको छ ।

Advertisement

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । 

कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोशी, बागमती र  गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । 

त्यस्तै राति भने देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

कोशी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

Advertisement