आर्थिक बर्षान्तमा एकै दिन ३७.३१ अर्ब राजश्व अशुली हुँदा पनि समग्र प्रगति ७४.२९ प्रतिशत मात्रै

Advertisement

काठमाडौं । आर्थिक बर्ष २०८०–८१ को अन्तिम दिन ३७ अर्ब ३१ करोड २० लाख रुपियाँ राजश्व उठेको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको असार मसान्तसम्मको राजश्वसम्बन्धी विवरणले यस्तो देखाएको हो । 

सामान्यत दैनिक तीनदेखि पाँच अर्ब रुपियाँ हारहारीमा राजश्व उठ्ने गर्छ । तर, पुस मसान्त र असार मसान्तको समयमा भने बढी राजश्व उठ्ने गर्छ । आर्थिक बर्ष सकिएको ६ महिनाभित्र कारोबार र नाफाको आधारमा कर तिर्नुपर्छ । यस्तै, असार मसान्तभित्र पनि भ्याट लगायतका शीर्षकमा करदाताहरुले कर तिर्ने गर्छन । 

Advertisement

आर्थिक बर्षको अघिल्लो अन्तिम दिन आइतबार पनि १४ अर्ब ३७ करोड ९६ लाख रुपियाँ राजश्व उठेको थियो । गत शुक्रबार पाँच अर्ब १२ करोड १५ लाख रुपियाँ र शनिबार दुई अर्ब पाँच करोड ६३ लाख रुपियाँ राजश्व उठेको थियो । 

सोमबार कर राजश्व १७ अर्ब ५३ करोड पाँच लाख रुपियाँ र गैरकर राजश्व ११ अर्ब दुई करोड १६ लाख रुयियाँ राजश्व उठेको छ । यसैगरि, अनुदानको आठ अर्ब ४६ करोड ८४ लाख रुपियाँ र अन्य शीर्षकमा २९ करोड १५ लाख रुपियाँ राजश्व उठेको छ । 

तर, लजास्पद देखियो सरकारी आम्दानी
गत आवमा पनि सरकारको आम्दानी लजास्पद देखिएको छ । गत आवमा सरकारले लक्ष्यको ७४.२९ प्रतिशत मात्रै राजश्व उठेको छ । गत आवमा सरकारले १४ खर्ब ७२ अर्ब २४ करोड ८४ लख रुपियाँ उठाउने लक्ष्य लिएको थियो । 

तर अन्तिम दिनसम्म १० खर्ब ९३ अर्ब ९७ करोड ५९ लाख रुपियाँ राजश्व उठेको छ । यो ऋण प्राप्ती बाहेकको आम्दानी हो । त्यसमा कर राजश्व नौ खर्ब ४४ अर्ब ५५ करोड ४८ लाख रुपियाँ रहेको छ । त्यो लक्ष्यको ७२.३५ प्रतिशत हो । समीक्षा बर्षमा सरकारले १२ खर्ब पाँच अर्ब ४७ करोड ९६ लाख रुपियाँ कर राजश्व उठाउने लक्ष्य लिएको थियो ।  

तर, गैरकर राजश्व भने लक्ष्यको ९७.६८ प्रतिशत उठेको छ । सरकारले समीक्षा बर्षमा एक खर्ब १७ अर्ब ६ करोड २१ लाख रुपियाँ यस्तो राजश्व उठाउने लक्ष्य लिएको थियो । त्यसमा एक खर्ब १४ अर्ब ३४ करोड १६ लाख रुपियाँ राजश्व उठेको छ ।

अनुदान प्राप्तीमा भने सरकारको प्रगति लजास्पद नै देखिएको छ । गत आवमा सरकारले ४९ अर्ब ९४ करोड ३० लाख रुपियाँ अनुदान प्राप्ती गर्ने लक्ष्य लिएको थियो । त्यसमा ११ अर्ब २२ करोड ६४ लाख रुपियाँ मात्रै अनुदान प्राप्ती भएको छ । 

यो बाहेक अन्य शीर्षकमा सरकारले २३ अर्ब ८५ करोड ३१ लाख रुपियाँ राजश्व प्राप्ती गरेको छ । समीक्षा बर्षमा सरकारको खर्च भने १४ खर्ब नौ अर्ब रुपियाँ खर्च गरेको छ । 

Advertisement

Advertisement