कुमारी बैंकका ग्राहकलाई श्री एयरलाइन्समा छुट दिने सम्झौता

Advertisement

काठमाडौं । कुमारी बैंक लिमिटेड र श्री एयरलाइन्सबीच बैंकका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई यात्रा गर्दा लाग्ने टिकट शुल्कमा आर्कषक छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार श्री एयरलाइन्सका काउण्टरहरुबाट कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूका परिवारका सदस्यहरू (बुवा, आमा, श्रीमती र छोरा–छोरी) को लागि टिकट खरिद गरि कुमारी बैंककै डेबिट–क्रेडिट कार्ड, मोवाइल बैकिङ्ग सेवा बाट रकम भुक्तानी गर्दा रु ५०० छुट प्राप्त गर्न सक्नेछन् । 

Advertisement

यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ । 
 

Advertisement