अदालतले बाटो खोल्दिएपछि न्युरोडमा फुटपाथ विस्तारको काम पुनः सुरू

Advertisement

काठमाडौं । उच्च अदालतले फुटपाथ विस्तारको बाटो खोलिदिएपछि काठमाडौं महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको छ ।

यसअघि महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तारका लागि सडक कालोपत्रे गरेको थियो । तर, सडक डिभिजन कार्यालयले ठाडो हस्तक्षेप गर्दै महानगरपालिकाले गरेको कालोपत्रे पनि टालेको थियो । साथै, निर्माण सामग्री पनि जफत गरेको थियो । 

Advertisement

यसविरुद्ध महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दर्ता गरेको थियो । सो रिटमा सुनुवाइ गर्दै उच्च अदालतले सहरी सडक स्थानीय तहमातहतमा रहने भन्दै न्युरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो ।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्युरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न भनेपछि महानगरपालिकाले काम थालेको हो । 

यसअघि सडक साघुँरो बनाएर फुटपाथ फराकिलो बनाउन लागिएको विरोधमा स्थानीयले समेत प्रदर्शन गरेका थिए । 

Advertisement

Advertisement